Aamsanchar

‘मोन्था’को प्रभाव नेपालमा बिहिवारदेखि पर्ने

Author Image
मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौँ – बंगालको खाडीमा विकसित अर्को चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा बिहिवारदेखि पर्ने भएको छ।

जसले विहिबारदेखि बागमती, मधेशप्रदेश र कोशी प्रदेशलाई प्रभावित पार्ने छ। अहिले अरब सागरबाट विकसित प्रणाली भने कमजोर भएको छ।

अब आउने प्रणालीले बाटोघाटो र नदीनालामा समेत प्रभावित पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसले १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म नेपालको बागमती मधेश र कोशी प्रदेशको मौसम प्रभावित बनाउने जनाइएको छ।

विशेषगरि बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२