Aamsanchar

अवतरण गर्ने क्रममा सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

Author Image
बुधवार, कार्तिक १२, २०८२

सोलुखुम्बु – सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।

लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर