Aamsanchar

आज नेपालले यूएईसँग खेल्दै

Author Image
बिहिवार, कार्तिक १४, २०८२

काठमाडौं – आइसिसी विश्वकप लिग २ अन्तर्गतको जारी श्रृङ्खलामा आज नेपालले यूएईसँग खेल्दैछ।

 

नेपाल र यूएईबीचको खेल दुबईको आइसिसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार ११:१५ बजेदेखि सुरु हुनेछ।

नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग ठूलो अन्तरको हार बेहोरेको थियो। त्यस्तै, यूएईले पनि पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो।

 

आज दुबै टोली जारी श्रृङ्खलाको पहिलो जितको खोजीमा हुनेछन् ।

नेपाल र यूएईबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा १५ खेल खेलिएको छ। जसमा नेपालले नौ खेलमा जित हात पारेको छ भने युएइले छ खेल जितेको छ।

जारी श्रृङ्खलाको अंकतालिका हेर्ने हो भने नेपाल १७ खेलमा १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ। समान १७ खेल खेलेको यूएई ६ अङ्क जोड्दै पुछारमा रहेको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर