

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३६ हजार ३०० कायम भएको छ। बुधबार एक तोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।


महासंघका अनुसार आज चाँदीको भाउ भने वृद्धि भएको छ। १५ रुपैयाँले बढेर प्रतितोला चाँदी २ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।


Views: 804

