Aamsanchar

माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

Author Image
बिहिवार, कार्तिक १३, २०८२

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीकी छोरी दुई वर्षिया कृति चौधरीको मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए । ठक्कर दिने माइक्रोबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर