

काठमाडौं – बेलायतका राजा चाल्र्सले भाइ एन्ड्रयूको ‘राजकुमार’ उपाधि खोस्नु भएको छ।

पद खोसिएसँगै एन्ड्रयुले आफ्नो विन्डसरस्थित निवास लगायतका शाही सुविधा छाड्नपर्ने भएको छ। यौन अपराधी ठहर भएका अमेरिकाका जेफ्री एपस्टीनसँगको सम्बन्धका कारण हप्तौँदेखि भइरहेको छानबिनपछि एन्ड्रयुको राजकीय पदवी हटाउने निर्णय आएको हो।

बेलायती राजदबारले जारी गरेको विज्ञप्तिमा एन्ड्रयू अबदेखि एन्ड्रयू माउन्टब्याटन विन्डसर नामले चिनिने उल्लेख गरिएको छ। आफ्नो व्यक्तिगत जीवनबारे कयौँ प्रश्नको सामना गर्नुपरेपछि एन्ड्रयूले यसै महिनाको सुरुमा ‘ड्यूक अफ योर्क’सहित आफ्ना अन्य शाही उपाधिहरू स्वेच्छाले त्यागेका थिए।


अब एन्ड्रयूलाई एउटा निजी आवासमा सारिनेछ। राजा चाल्र्सद्धारा जारी विज्ञतिमा एन्ड्रयुमाथि लागेका आरोप अस्वीकार गरिएको भए पनि राजकीय उपाधि र सम्मानबाट हटाउन उचित ठानिएको जनाइएको छ। एन्ड्रयूका दुई छोरीहरू युजिनी र बियट्रिसको राजकुमारी उपाधि भने कायम रहनेछ। एन्ड्रयू सिंहासनको उत्तराधिकारी सूचीमा आठौँ स्थानमा छन्।

