Aamsanchar

सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्रीमा संलग्न पाँच जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनिबेँसी घर भइ हाल काठमाडौं महानगरपालिका–१५, ट्राफिक बिटनजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भइ हाल काठमाडौं–१५ बस्ने २४ वर्षीय अकबर खान, काठमाडौं–१५ बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं–३१ बानेश्वर घर भएका ३८ वर्षीय प्रभात मल्ल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सीएफ ९८–९ पेस्तोल एक थान, पेस्तोलको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने गोली १५ थानसहित उनीहरूलाई पक्राउ गरिएको हो

पक्राउ परेकामध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचैजनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर