Aamsanchar

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु

Author Image
शनिवार, कार्तिक १५, २०८२

भोजपुर- भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो । ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ४ जनाको उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी नवीन तामाङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, घाइते षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङको नगर अस्पताल दिङलामा उपचार भइरहेको छ ।

शवलाई कानुनी प्रक्रिया पूरागरी पोस्टमार्टम गर्न लैजाने तयारी हुदैँछ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 527

प्रतिक्रिया (०)

सम्बन्धित खबर