Aamsanchar

ट्याक्टर दुर्घटना हुँदा हजुरबुवाको मृत्यु, नाती घाइते

Author Image
आइतवार, कार्तिक १६, २०८२

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका- ३ धमकट्टेबाट सिण्याखेत जाने क्रममा सोही वडाको गडीघाढी भन्ने स्थानमा सुपप्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मालिका ७५ वर्षीय हरुवा साउँदको मृत्यु भएको हो।

उनका नाती अन्दाजी २० वर्षीय महेश साउँद घाइते भएको घटनास्थलमा रहेका खेमसिंह धामीले जानकारी दिए । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्लतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए । ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । ट्याक्टर करिब ४० मिटर तल खसेको छ । ट्याक्टर चालक फरार रहेका छन् । चालकको परिचय पनि खुलेको छैन ।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर