Aamsanchar

पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित,भोलि दक्षिण अफ्रिकासँग खेल्ने

Author Image
शुक्रवार, कार्तिक २२, २०८२

काठमाण्डौ – हङकङमा आजदेखि शुरू भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाइले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो ।

अफगानिस्तानका करिम जनितले सर्वाधिक ३५ रन बनाए । नेपालका लागि रसिद खानले ४ विकेट लिए । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । नेपालले समूह चरणको अन्तिम खेल भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर