Aamsanchar

एनपीएल क्रिकेट अब भारतीय र नेपाली दुबै टेलिभिजनमा, युट्युबमा भने हेर्न नपाइने

Author Image
बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टेलिभिजनमा पनि प्रत्यक्ष प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार भारतीय स्टार टेलिभिजन सँग प्रशारणका लागि सम्झौता हिजोमात्र टुंगिएको हो ।

क्यानले यसअघि नेपालभित्रका टेलिभिजन च्यानललाई मात्र एक्सक्लुसिभ अधिकारका लागि टेण्डर आह्वान गरेको थियो । तर अब त्यो एक्सक्लुसिभ अधिकार नहुने पक्का भएको छ । टेण्डर बुझाउने अन्तिम मिति आज भए पनि क्यानले एक दिनअघि नै विदेशी प्रशारणको निर्णय गरिसकेको बताइएको छ ।

यसपटक युट्युबमार्फत खेल हेर्न नपाइने भएको छ । गत वर्षजस्तै निःशुल्क स्ट्रिमिङ बन्द गरी क्यानले मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ । एपमा दर्शकले खेल हेर्नका लागि शुल्क तिर्नुपर्नेछ । टीभीको पहुँचमा नपर्ने क्षेत्रका नेपाली दर्शक र विदेशमा रहेका नेपालीले यही एपमार्फत खेल हेर्न सक्नेछन् ।

क्यानका पदाधिकारीहरूले यस विषयमा औपचारिक धारणा भने अझै सार्वजनिक गरेका छैनन् । एक पदाधिकारीले भने, “प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक घोषणा गर्ने हो, आज साँझ वा भोलिसम्म पर्खनुहोस्,” भन्दै विस्तृत जानकारी रोक्का राखेका छन् ।

एनपीएल मंसिर १ गतेदेखि सुरु भई २७ गतेसम्म चल्ने तालिका छ । प्रतियोगितामा देशका शीर्ष खेलाडीहरूसँगै विदेशी क्रिकेटर पनि सहभागी हुनेछन् ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर