Aamsanchar

पोर्चुगल आयरल्याण्डसँग पराजित

Author Image
शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं – विश्वकप छनोट अन्तरगत युरोपेली खेलमा पोर्चुगल आयरल्याण्डसँग पराजित भएको छ। क्रिस्टियानो रोनाल्डोले रेड कार्ड खाएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो।

घरेलु मैदान अविभा स्टेडियममा भएको खेलमा आयरल्याण्डका लागि दुवै गोल टोरी पारोटले गरे। उनले पहिलो हाफको १७ औँ तथा ४५औँ मिनेटमा गोल गरेका थिए। खेलको ६१औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्ड रेडकार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित बन्यो। रोनाल्डोले करिअरको १२औँ रातो कार्ड व्यहोरेका हुन्।

आयरल्याण्डसँगको हारसँगै समूह ’एफ’ मा पाँच खेलबाट १० अंक रहेको पोर्चुगलले विश्वकपमा छनोट हुन अर्को खेल खेल्नु पर्ने भएको छ। उसले समूहको आफ्नो अन्तिम खेल अर्मेनियासँग आइतबार इस्टेडियो डो ड्रागाओमा खेल्ने तालिका छ। उता जितसँगै समान खेलबाट ७ अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा छ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर