Aamsanchar

तत्कालैको प्रयासले नेपाली क्रिकेटमा देखिएको परिवर्तन सम्भव भएको होइन : पारस खड्का

Author Image
शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं-  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन तत्कालैको प्रयासले सम्भव नभएको बताएका छन् ।

शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले क्यानसँगको सहकार्यमा आयोजना गरेको एनपीएल मिडिया डेमा पारसले यस्तो बताएका हुन् ।

“नेपाली क्रिकेटमा आएको यो परिवर्तन एक सचिव परिवर्तन भएर आएको हैन । हामीले पछिल्लो दुई दशकयता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छौँ । जसको परिणाम विस्तारै देखिरहेका छन् । पछिल्लो २० वर्षको प्रयासले गर्दा आज नेपाल प्रिमियर लिगले पहिचान बनाएको हो,” उनले भने ।

उनले कुनै पनि संस्थाले गरेको गलत कामको मूल्यांकन गर्दा त्यसको आलोचना गर्नुमात्रै नभई उक्त कार्यको विकल्प पनि दिन सक्नुपर्नेमा जोड लिए ।

“गलत गर्दा त्यसको मूल्याकन र त्यसको आलोचना हुनुपर्छ । तर, आलोचनामात्रै गरेर हुँदैन त्यसको विकल्प पनि दिन सक्नुपर्छ,” उनले भने ।

गत वर्ष मंसिरमा भएको पहिलो संस्करणपछि एनपीएलको दोस्रो संस्करण पनि यस वर्ष मंसिरमा आयोजना हुँदैछ । प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर