Aamsanchar

दुई पक्षकाे विवाद मिलाउन गएका वडाअध्यक्षमाथि गोली प्रहार गरि हत्या

Author Image
शुक्रवार, कार्तिक २९, २०८२

जनकपुरधाम –धनुषामा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला मिथिला बिहारी नगरपालिकाका वडाअध्यक्षमाथि गोली प्रहार भएको खुलेको छ ।

मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका सोही वडाका अध्यक्ष विन्देश्वर यादवमाथि विवादका क्रममा गोली प्रहार भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले  जानकारी दिए ।

मृत्यु संस्कारमा गएका बेला दुई पक्षबीच विवाद छ, त्यहीबेला अर्को पक्षले वडाअध्यक्ष यादवमाथि गोली प्रहार गरेको जानकारी आएको छ,’ डीएसपी बमले भने ।

दुई पक्षको विवादमा सम्झाउन अघि सरेका वडाअध्यक्ष यादवमाथि नै गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

डीएसपी बमका अनुसार घटनामा संलग्न रहेको स्थानीयको भनाइ अनुसार प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

‘घटनामा ३र४ जनाको संलग्नता भएको स्थानीयले बताएका छन्, त्यसै आधारमा हामीले एकजनालाईे नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

Views: 675

प्रतिक्रिया (०)

सम्बन्धित खबर