

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकार आगमी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीबोधका साथ अघि बढेको बताएका छन् ।

मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भइरहेका बेला उनले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको बताएका हुन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री सिन्हाले ुजेनजीु आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउन निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको बताए । मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको उनको भनाइ छ ।
मन्त्री सिन्हाले के भने ?

‘जेनजी’को एउटा घटनाक्रम आयो । त्यो परिस्थितिले गर्दा ट्र्याकबाट संवैधानिक प्रक्रियाहरू डाइभर्ट भएको अवस्थामा यसलाई कसरी संवैधानिक प्रक्रियामा नै लिएर आउने भन्ने सन्दर्भमा जिम्मेवारी बोकेर हामी आएका छौँ । हामीले अहिलेसम्म देखेको भनेको चुनाव नै देखेका छौँ । चुनावको माध्यामबाट पुनः यसलाई ट्र्याकमा पठाएर हामीहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य रहेको छ । त्यो काम हुँदाहुँदै पहिलादेखि चलिआएका कतिपय विषयहरू छन् । गति नलिएको अवस्थाहरू छन् । २०५२र५३ सालदेखिका एउटा दलितसम्बन्धी कानुन अझै निर्माण हुन सकेको छैन । त्यसको निर्माणमा हामीले ध्यान दिन्छौँ ।


