

काठमाडौं- आगामी वर्ष हुने फिफा विश्वकपमा नेदरल्यान्ड्स र जर्मीनीले स्थान बनाएका छन्। सोमबार सम्पन्न युरोपियन छनोटमा नेदरल्यान्ड्सले लिथुआनियाविरुद्ध ४–० को सहज सजत निकाल्यो।

जितसँगै नेदरल्यान्ड्स आठ खेलमा २० अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो। जोहान क्रुइफ एरिनामा घरेलु टेली नेदरल्यान्ड्सलाई जित दिलाउन तिज्जानी रेइन्डर्स, कोडी गाक्पो, जाभी सिमेन्स र डोनेल मालेनले गोल गरे।

गएराति नै भएको अर्को खेलमा स्लोभाकियाविरुद्ध ६–० को सानदार जित निकाल्दै जर्मनीले स्थान पक्का गरेको छ। जितसँगै ६ खेलमा १५ अंक जोडेको जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो।
रेडबुल एरिनामा घरेलु टोली जर्मनीलाई जित दिलाउन लिरोय सानले दुई तथा निक वोल्टेमेड, सर्ज गिनाब्री, रिडल बाकु र असान ओएड्रागोले समान एक गोल गरे।
योसँगै अहिलेसम्म ३४ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन्। ४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ।

