Aamsanchar

रतन खोलामा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा

Author Image
मङ्गलवार, मंसिर ३, २०८२

काभ्रेपलाञ्चोक – काभ्रेको दुर्गम बेथानचोक गाउँपालिका–१, च्याम्राङवेसीबाट हेटौडा हुँदै तराई जोड्ने सडकको रतन खोलामा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ । यससँगै स्थानीयवासीको दैनिक आवत–जावत सहज भएको छ ।

नयाँ बेलिब्रिजले काभ्रेको डाँडापारी क्षेत्र बेथानचोक र खानीखोला गाउँपालिकाका साथै ललितपुरको महांकाल र बागमती गाउँपालिका तथा हेटौँडा जाने नागरिक तथा छिमेकी बस्ती तथा बजारसम्म आवतजावत गर्न सहज भएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाको समपुरक योजना अन्तर्गत २ करोड लागतमा बेलिब्रिज निर्माण भएको जानकारी दिए । ‘पालिकाकै पहलमा बेलीब्रिज निर्माण गर्न सकिन्छ भन्ने उदाहरण भएको छ, सडक ढलान गर्न परेको पैसा आवश्यकताका आधारमा बेलिब्रिज निर्माण गर्‍यौं’ गाउँपालिकाका अध्यक्ष अधिकारीले भने ।

बेलिब्रिज निर्माणपछि स्थानीय कृषकहरूका उत्पादनहरू लगायत विभिन्न व्यक्तिहरूलाई सहज भएको बेथानचोक गाउँपालिका–१ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पुल बनेपछि तरकारी, फलफूल, दुग्धजन्य पदार्थ तथा अन्य उत्पादन समयमै बजार पुर्‍याउन सकिने भएकाले आय–आर्जनमा समेत वृद्धि हुन विश्वास छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर