Aamsanchar

  कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ

Author Image
बुधवार, मंसिर ४, २०८२

विराटनगर-  कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त भएका छन् । निरौला विराटनगरका बासिन्दा हुन् । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । अधिकारीको राजीनामा स्वीकृत गर्दै प्रदेश सरकारले निरौलालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय लिएको हो । निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिन्छन् ।

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर