Aamsanchar

सिमरामा भएको तनावपछि जेनजी समूह प्रशासनसँग वार्तामा बस्न सहमत

Author Image
बिहिवार, मंसिर ५, २०८२

काठमाडौं – बाराको सिमरामा बुधबार र बिहीबार भएको तनावपछि जेनजी समूह प्रशासनसँग वार्तामा बस्न सहमत भएको छ । जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले अहिले स्थिति सामान्य रहेको र आफूहरू वार्ताका लागि तयार रहेको जानकारी दिए ।

´अहिले यहाँको अवस्था शान्त छ । हामी सीडीओसँग वार्ताका लागि जाने तयारी गरिरहेका छौँ । वार्तामा जाने सहमति भइसकेको छ,` यादवले भने ।

बुधबार नेकपा (एमाले)का कार्यकर्ता र जेनजी समूहबीच विमानस्थलबाहिर झडप भएको थियो । सोही घटनाको विरोधमा जेनजीले आज (बिहीबार) पनि सिमरामा प्रदर्शन गरेका थिए । निरन्तरको तनावपछि उनीहरू प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सँग छलफल गर्न तयार भएका हुन् ।

वार्तामा झडपको विषय र शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर