Aamsanchar

नयाँ बसपार्क नजिकै सडकमा कपडाले पोको पारेको अवस्थामा शव फेला

Author Image
शनिवार, मंसिर ७, २०८२

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको हो ।

फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताए ।

शवको सनाखत भएको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Views: 948

प्रतिक्रिया (०)

सम्बन्धित खबर