Aamsanchar

दोलखामा एक छोराले चार महिना अघि गाडेको आमाको शव घर ल्याएको अनौठो घटना सार्वजनिक

Author Image
आइतवार, मंसिर ८, २०८२

दोलखा । बैतेश्वर–१ गैरीमुदीमा एक हेर्दा अविश्वसनीय देखिने घटना सार्वजनिक भएको छ। पाँच महिनाअघि असार ६ गते निधन भएकी ९३ वर्षीया फुलमाया तामाङको शव छोरा जालन्धर तामाङले पुनः घरमा ल्याएपछि स्थानीय स्तब्ध बनेका छन्।

घर परिवारका सदस्यका अनुसार जालन्धरले आमाप्रति गहिरो भावनात्मक सम्वन्धका कारण पुरानो प्रेम दक्षिणा स्वरूप शवलाई आफैँले खनेर घर ल्याएका थिए। उनले ूबिहान–बेलुकाको पूजा–धुप चढाउन सहज होस् भन्ने सोचेर शव घरमै ल्याएकोू बताएका छन्।

कफिनमा राखिएकाले शव पूर्णरूपमा विघटन नहुँदा हल्का दुर्गन्ध बाहेक ठूलो समस्या नभएको स्थानीयले बताएका छन्। घटना सार्वजनिक भएपछि गाउँलेहरू र प्रहरी टोली घटनास्थलमा पुगेका थिए। सबैको सहमतिमा मृतकको शव पुनः घाटमै लगेर आवश्यक संस्कारअनुसार फेरि गाडिएको हो।

स्थानीयहरूका अनुसार अत्यधिक मानसिक पीडा, आघात वा तनावका कारण यस्तो अस्वाभाविक व्यवहार देखा पर्न सक्ने बताइन्छ। घटनामा प्रहरीले थप अनुसन्धान सुरू गरेको जनाएको छ।

Views: 502

प्रतिक्रिया (०)

सम्बन्धित खबर