Aamsanchar

आजको मौसम: एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Author Image
सोमवार, मंसिर ९, २०८२

काठमाण्डौ – आज कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाइ छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२