Aamsanchar

अझै १६८ कैदीबन्दी सम्पर्कविहीन

Author Image
मङ्गलवार, मंसिर १०, २०८२

बागमती –  मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ कैदीबन्दी कारागार फर्किएका छन्। १६८ जना कैदीबन्दी अझै फरार छन्।

गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये आज बिहानसम्म २७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए। कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी ३०९ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए।

प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका १६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएका छन्। फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए। कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर