Aamsanchar

सुनचाँदीको मूल्य बढ्यो

Author Image
मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं –  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ५२ सय रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रहेको प्रतितोला छापावाल सुन ५२ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार ११५ रहेको चाँदीको मूल्य ८५ रुपैयाँ बढेर ३२ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर