

सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका–६ मा भारतीय नम्बर प्लेट ध्द्य ण्द्दब्ीण्ज्ञठछ रहेको कारबाट २० किलो गाँजा प्रहरीले बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह ९एक्ष्त्० तथा प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले चेकजाँचका क्रममा सडक छेउमा बेवारिसे अवस्थामा रहेको उक्त कारको डिकीबाट लागूऔषध फेला पारेको हो।

कालो प्लास्टिकमा पोका बनाएर डिकीभित्र लुकाइ–छिपाइ राखिएको २० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेका लागि प्रहरीले खोजी कार्य जारी राखेको छ।
Views: 229

