Aamsanchar

हराएको मोटरसाइकल १० दिनपछि फेलापारि सम्बन्धित धनीलाई बुझाइयो

Author Image
बुधवार, मंसिर ११, २०८२

ताप्लेजुङ- हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जट्टाशंकर यादवका अनुसार प्र १–०३–०० प ५४९९ नम्बरको दावा शेर्पाको हराएको करिब १० दिनपछि फेला पारिएको हो । आइतबार फुङलिङ –५ काम्बाङ गाउँका स्थानीय रामप्रसाद दाहालको जङ्गलमा बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

पार्किङ गरिराखेको ठाउँबाट मोटरसाइकल हराएपछि शेर्पाले कात्तिक २९ गते प्रहरीमा खोजीकार्यका लागि निवेदन दिनुभएको थियो । सोहीक्रममा खोजी गर्दा जङ्गलमा फेला पारिएको र कार्यालयमा ल्याएर सबै सवारी कागजअनुसार सबै जाँचगरि सम्बन्धित धनीलाई बझाइएको बताइएको छ । चोरी गर्ने व्यक्ति पहिचान भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर