

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो संस्करणअन्तर्गत बिहीबार हुने आफ्नो खेलमा जनकपुर बोल्ट्सका खेलाडीले ‘आमा स्पेसल जर्सी’ लगाउने भएका छन् । बिहीबारको खेलमा जनकपुरका खेलाडीले आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाउने भएका हुन् ।

खेलपछि त्यो जर्सी अक्सन गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने बताएको छ । जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार लगाएर खेल्ने जर्सी सार्वजनिक गरेका छन् ।
Views: 110

