Aamsanchar

आईपीएलबाट आन्द्रेको सन्न्यास

Author Image
आइतवार, मंसिर १५, २०८२

 

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल)मा पावर हिटरको रूपमा परिचित वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउन्डर आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएका छन्। नयाँ सिजनमा उनी अभिषेक नायरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर)को सपोर्ट स्टाफको हिस्सा हुनेछन्। तर रसेलले विश्वभरका अन्य क्रिकेट लिगमा खेल्न जारी राख्नेछन्।

इन्स्टाग्राममा जारी गरिएको एक भावुक भिडियोमा रसेलले आईपीएलबाट सन्न्यासको घोषणा गरेका छन्।

‘म तपाईंलाई यो भन्न आएको हुँ कि मैले आईपीएलबाट सन्न्यास लिने निर्णय गरेको छु, रसेलले भिडियोमा भने। उनले विश्वभरका धेरै लिगमा खेल्न जारी राख्ने बताए।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर