Aamsanchar

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

Author Image
सोमवार, मंसिर १६, २०८२

काठमाडौं – जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसर काठमाडौंका एसएसपी रमेश थापाले जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए ।

२४ भदौमा हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो । लुटपाट आरोपमा पक्राउ परेकाहरू खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको भिडियो देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर