जापानमा सन् २०२४ मा कामदार सुरक्षा सम्बन्धी दुर्घटनामा परेका विदेशी कामदारहरूको संख्या विगतकै सबैभन्दा धेरै भएको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार चालु वर्ष ६,२४४ जना विदेशी कामदार गम्भीर रूपमा घाइते वा मृत्यु भएका छन्। तीमध्ये ३९ जनाले ज्यान गुमाएका छन्। यो संख्या अहिलेसम्मकै उच्च हो।

जापानमा वृद्ध जनसङ्ख्या बढ्दै जाँदा श्रम अभाव तीव्र भएकाले देश विदेशी कामदारमा निर्भर हुँदै गएको छ। तर पर्याप्त सुरक्षा तालिमको अभाव र भाषिक सञ्चारको कमीले धेरै कामदार उच्च जोखिममा परेको मन्त्रालयको मूल्याङ्कन छ। विशेष गरी प्राविधिक प्रशिक्षार्थी (Technical Intern Trainee)र सीपयुक्त कामदारहरू यसले बढी प्रभावित भएका छन्।

दुर्घटनामा परेका कामदारहरूको संख्या उल्लेखनीय रूपमा उच्च भएका प्रमुख समूहहरूः


भियतनामी – ९१,५९४०
फिलिपिनो – ९८,७८०
इन्डोनेसियाली – ९७,५७०
ब्राजिलियन – ९६,७३०

