Aamsanchar

उपाधिमा युएई बाधक

Author Image
मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं – ब्याटिङमा कमजोर प्रदर्शनपछि नेपाल सोमबार घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग २७ रनले पराजित भई एसिसी यु–१९ प्रिमियर कपको उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ।

यस प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यद्यपि नेपालले अब नेपाल एसिसी यु–१९ एसिया कपमा खेल्ने छ। नेपाल दुई दिनअघि सेमिफाइनलमा मलेसियालाई हराएपछि नै एसिसी यु–१९ एसिया कपमा चयन भएको थियो।

प्रिमियर कपमा शीर्ष तीन स्थानमा रहने टिम एसिया कपमा खेल्नयोग्य हुने प्रावधान छ। तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई ७४ रनले हराएर यु–१९ एसिया कपकोअन्तिम स्थानमा कब्जा जमाएको हो। यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदै छ ।

युएईको अजमनस्थित कारवान मिदानमा भएको फाइनलमा नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। । दयानन्द मण्डलले छ विकेट लिएपछि युएईलाई ४५.५ ओभरमा १४७ रनमा रोकेर नेपाल च्याम्पियन बन्ने बाटोमा अग्रसर थियो। यस प्रतियोगितामा पछिल्ला सबै खेलमा चम्केको नेपालको ब्याटिङक्रम फाइनलमा भने धराशायी भयो। नेपाल लक्ष्य पछ्याउने क्रममा ३३।२ ओभरमा १२० रनमै अलआउट भयो।

नेपालले १६ रनमै चार विकेट गुमाइसकेको थियो। शीर्ष चार ब्याट्सम्यान नीरजकुमार यादव एक, वंश क्षेत्री ११, निश्चल क्षेत्री एक र दर्श सोनार शून्यमा पवेलियन फर्किए। त्यसपछि विकेटकिपर आसिस लुहा र कप्तान अशोकले ४४ रनको साझेदारी गरी नेपालको पालि उकास्ने प्रयास गरे। अशोकले ६६ बलमा सर्वाधिक ३४ रन बनाए। आशिषले २५ रन योगदान दिए।

त्यसपछि तल्लो व्रmमका ब्याट्सम्यान रोशन विश्वकर्माले १६ बलमा एक चौका र दुई छक्कासहित २५ रन बनाएर नेपालको
लक्ष्यसम्म पुग्ने सम्भावनालाई कायम राखेका थिए तर युएईका बलरहरूले नेपाललाई खेलमा फर्किन दिएनन्। चन्दन राम ९१० अपराजत पौडेल ९६० र दयानन्द मण्डल ९०० मा आउट भएपछि नेपाल एक सय बल बाँकी छँदै अलआउट भयो।

यसअघि युएईका अहमद खुदादादले बनाएको ७१ रन महत्वपूर्ण साबित भयो। युएईका लागि उनीबाहेक नुरउलाह आयोबी(२६ रन), आयान मिसाब ९११ रन० ले मात्र दोहोरो अङ्कमा रन बनाएका थिए। नेपालका लागि दयानन्दले ६.५ ओभरमा मात्र १७ रन खर्चेर लिएको छ विकेट काम लागेन। यसै गरी अपराजित पौडेलले दुई तथा नितेशकुमार पटेल र अशोकले एक–एक विकेट लिए।

प्रतियोगितामा १४ टिमको सहभागिता थियो। नेपालले हङकङ, चीन र साउदी अरबलाई हराएर समूह ‘ए’ को विजेता बनी सेमिफाइनलमा स्थान बनाएको थियो। यसै गरी समूह ‘बी’ बाट युएई, समूह ‘सी’ बाट ओमान र समूह ‘डी’ बाट मलेसिया विजेता बनेर अन्तिम चारमा पुगेका थिए।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर