Aamsanchar

नगद कारोबारको सीमामा माघ १ गतेदेखि नयाँ नियम लागू हुने

Author Image
मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं –  सरकारले नगद कारोबारको सीमा घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेदेखि लागू हुनेगरी नगद कारोबारको सीमा घटाएको हो।

सरकारले एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोवारको सीमा निर्धारण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बताए।

त्यस्तै सरकारले श्रीलंकामा बाढी पहिरोले धनजनको ठूलो क्षति भएकोमा सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ।

Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर