Aamsanchar

काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु

Author Image
बुधवार, मंसिर १७, २०८२

काठमाडौँ – काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। यस्तै तराईका केही स्थानमा पनि बिहानैबाट हुस्सु र कुहिरो लागेको छ।

मध्याह्नसम्ममा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्नपछि हुुस्सु हटेर जाने मौसमविद् गोविन्द झाले जानकारी दिए। मध्य हिउँदमा प्रवेश गरेकाले हुस्सु कुहिरो बन्नु सामान्य भएको उनले बताए।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। हुम्लामा अहिले माइनस ३.१ डिग्री सेल्सियस छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन गरिएको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२