Aamsanchar

१९ गैरयुरोपेली देशका नागरिकले अमेरिकामा दिएको ग्रीन कार्ड आवेदन स्थगित

Author Image
बुधवार, मंसिर १८, २०८२

काठमाडौँ – अमेरिकाले १९ गैरयुरोपेली देशका नागरिकले दायर गरेको ग्रीन कार्ड लगायतका आप्रवासनसम्बन्धी आवेदन अनिश्चितकालका लागि स्थगित गरेको छ।

डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासम्बन्धी चिन्ता थपिएको भन्दै निर्णय लिएको जनाएको हो। यसअघि जुन महिनामा आंशिक भिसा प्रतिबन्ध गरिएका देशहरूलाई झनै कडा प्रतिबन्ध लागू भएको छ।

अफगानिस्तान र सोमालिया सूचीमा प्रमुख रूपमा परेका छन्। नयाँ नीतिले यी देशका आप्रवासीहरूको बाँकी आवेदन रोकिएका छन्। गत साताको वाशिङ्टन गोलीकाण्डपछि अफगान नागरिकलाई अमेरिकी नेसनल गार्ड सदस्यमाथि आक्रमणको आरोपमा पक्राउ गरिएको थियो। त्यसपछि १९ देशका नागरिक माथि कडाई गरिने राष्ट्रपति ट्रम्पको अभिव्यक्ति आएको थियो।

हाल ग्रीन कार्ड र नागरिकता प्रक्रिया स्थगित नै गरिएको हो।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर