Aamsanchar

मदन भण्डारी कलेज नजिक फेला परेको शवकाे पहिचान

Author Image
बिहिवार, मंसिर १९, २०८२

काठमाडौं – काठमाडौंको धोबी खोलामा आज बिहान मृत फेला परेका पुरुष काभ्रेका रहेका खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवम् एसपी पवन कुमार भट्टराईका अनुसार काभ्रे मण्डनदेउपुर नगरपालिका-१ का ५० वर्षका ललित गिरी रहेका छन्।

शंखमूल बस्दै आएका उनी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत फेला परेका थिए। प्रहरीका अनुसार गिरीको शवको उनको श्रीमतीले सनाखत गरेकी छन्। प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर