Aamsanchar

भारतको सबैभन्दा ठूलो विमान कम्पनीमध्येको एक इन्डिगोका १५० उडानहरू रद्द

Author Image
बिहिवार, मंसिर १९, २०८२

काठमाडौं – भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा घण्टौंसम्म रोकिनुपरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार भारतको सबैभन्दा ठूलो विमान कम्पनीमध्येको एक इन्डिगोका १५० उडानहरू रद्द भएका थिए भने दर्जनौं उडानहरूमा ढिलाइ भएको थियो ।

रोयटर्सले स्रोत र इन्डिगोका एक पाइलटको हवाला दिँदै भनेको छ, ‘थकानको सामना गर्न र पाइलटका लागि आरामको समय बढाउनका लागि १ जुलाई र १ नोभेम्बरमा लागू गरिएको नयाँ सरकारी नियमपछि एयरलाइन्स पाइलटहरूको कमीसँग जुध्नु परेको छ । जसका कारण रोस्टर प्रबन्धन (कामको समयतालिका) जटिल भएको छ ।’

अंग्रेजी अखबार द हिन्दुले अधिकारीहरूको हवाला दिँदै बुधबार राति १२ बजेदेखि बेलुकी ८ बजेको बीचमा कोलकाता एयरपोर्टमा इन्डिगोका १५ उडानहरू रद्द भएका र १३० भन्दा बढी उडान ढिलो गरी उडेका बताएको छ ।

हैदराबाद एयरपोर्टबाट पनि उडानहरू रद्द र ढिलाइ भएको गुनासो आएको बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार हैदराबाद एयरपोर्टका तर्फबाट एक्समार्फत् पछिल्लो परिस्थितिबारे जानकारी दिएको थियो ।

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर