

झापा- दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक-५, क्याम्पस मोडमा हिडिरहेका वृद्ध लडेर घाइते हुनुभएको थियो ।

तत्काल स्थानीयले उद्धार गरेर उपचारका लागि नजिकैको निम्स अस्पताल लगेको भए पनि उहाँको उपचारकै क्रममा निधन भएको प्रहरीको भनाइ छ । अस्पतालले मृत घोषणा गरेको वृद्ध अर्जुनधारा–४ का ६२ वर्षीय युवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
Views: 227

