

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा को प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन् ।

पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन् ।

‘एकछिन रमाइलो’ भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?’


Views: 84

