Aamsanchar

मौदिक नीति सार्वजनिक

Author Image
आइतवार, असार २५, २०७४

काठमाडौँ।

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी प्राथमिकताका आयोजनामा लगानी गरिने जनाएको छ ।

कृषि, पर्यटन, ऊर्जा, घरेलु, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथै कर्जा प्रवाह गर्ने तरलता व्यवस्थापनलाई मौद्रिक नीतिले उच्च प्राथमिकता दिएको गभर्नर चिरञ्जीवी नेपालले बताउनुभयो ।

उहाँ अहिले राजधानीको एक होटलमा उक्त नीति सार्वजनिक गरिरहनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर