Aamsanchar

सफल हुने सयसुत्र

Author Image
शनिवार, मंसिर २७, २०८२

संसारमा धेरै मानिसको जन्म भयो र यो क्रम युग युग सम्म निरन्तर रहि रहने छ । तर धेरै मानिस जन्मिए जन्मिएनन ,कति जन्मिए भन्दा पनि जन्मिएर सार्थक र भौतिक शरीर रुपान्तरित भए पनि युग युग सम्म को बाँचेका छन एवं बाँच्ने वाला छन त्यो महत्वपुर्ण कुरा हो । सफल व्यक्ती बन्न त्यति सजिलो छैन , जसरी एउटा पत्थर लाई मुर्तिकारले लाखौ लाख पट्क घन मार्तोल ले कुटेर छिनाले खोपेर मुर्तिको आकार बन्छ , मुर्तिकारको हातमा परेका सबै पत्थर मुर्ती बन्न सक्दैनन कति चोइटिएर फुटेर भाँचिर जान्छन । जुन पत्थर जति खोपे पनि मार्तोल ले हिर्काए पनि चोइटिएन फुटेन , त्यही मात्र मन्दिर भगावनकोरुपमा मा चौक मा शलिकको रुपमा खडा रहेका हुन्छन ।पुस्तकालय देखि पुस्तक छापामा उनिहरुका विचार पढिन्छन । जो आफ्नो अडान र धैर्यता गुमाएनन, नयाँ नयाँकुराको अनुसंन्धान गरे , खोज गरे श्रृष्टी गरे , दुरदृष्टी देखे समाज लाई नागरिक विश्व मानवका प्रेरणा बन्न सके, तिनै व्यक्ती आज र भोलि पनि पुज्य र मार्गनिर्देशक बन्ने छन उनी हरुका विचार चिरकाल सम्म ताजै हुनेछन ।जसरी पाँच हजार वर्ष अगि लेखीएका वेद, गिता भागवत , उपनिषद हरु आज पनि उत्तिकै महत्व छन । योग का पर्वतक शिव, पार्वती गर्ग ऋषि पतञ्जतीऋषि , महर्षी ,देखि अविस्कार ,लेखक , साहित्यकार , कवि आदि आदि हरु आज पनि नाम लिइ रहेका छौ पुज्यनिय बन्दनिय छन । त्यसैगरि समाज रुपान्त्रण गर्न विचार लाई स्थाइत्व ( स्टापलिस ) गर्न धेरै हण्डर , धेरै भनाइ खान , सहनशिल हुन , धैर्यता , अडान र त्याग हुनु पर्छ अनि मात्र लाखौ लाखमा एक दुई जनाले त्यो सफलता प्राप्त गर्न सक्छन । विचार स्पष्ट , गन्तव्य निस्वार्थ , भए सफल हुन सकिन्छ , कसरी सफल हुने वा केही महत्वपुर्ण ब्यक्तिसगको शान्दर्भिकता यश प्रकार छ ।
(१) मेरो विचार स्पष्ट छ , म कहाँ जाँदै छु गन्तव्य देखेको छु । तर सपना मात्र ।
(२) म कसैको रिस गर्दिन , मलाइ कसैले रिस गरे मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर।
(३) मानिसहरु नजिक -नजिक नाता को बन्दुत्वको कुरा गर्दछन तर तिनिहरुको विचार एक अर्कामा टाढा हुन्छ तर म टाढा – टाढा का मानिस लाई नजिक बनाउछु किन कि विचारमा नजिक छौ । जसरी शहरका घर नजिक हुन्छन तर मनहरु टाढा- टाढा हुन्छन , गाउँमाका घर टाढा- टाढा हुन्छ तर मनहरु नजिक हुन्छन यिनै विचार लाई तौलेको छु ।

(४) जसरी शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन म यसै विचर लाई ग्रहण गर्दछु ।
(५) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
(६) दुनियामा यौटा पनि समस्या नभएको मान्छे कोहि हुदैन जब आर्यघाटमा चितामा जल्दै गर्दा मात्र ती समस्या आकाक्षा पूरा हुनेछन जब आफू नै जलि सकेका हुने छौ ।
(७)क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने , बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनु पर्छ । यसरी केन्द्रित हुनुस ताकि तपाईको दिमागबाट पनि आगो बर्षियोस ।
(८)कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बनेका हुन भन्ने तथ्य भुल्नु हुदैँन ।
(९) मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ भनेर ?” त्यसै गरि पहिला गन्तव्य पत्तालगाउ निरन्तर त्यही मार्गमा हिड आफ्नो गतव्यमा पुगिन्छ ।
(१०) नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन, तब मृत्यु हुन्छ जब पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या तब बन्छ, जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन ! धर्यता हुदैँन ।
(११) परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबै भन्दा उत्तम हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”
(१२) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस , विचार ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन…
(१३) जिवनमा जतिनै दु:ख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!!
(१४) लापरवाहीसँग जंगलमा फालिएको चुरोटको ठुटोले जंगाल सखाप पार्न सक्छ । तर आवश्यकता परेको बेला चुल्हो सल्काउन पुरै बट्टा सल्लाइ चाहिन्छ।
(१५) तिमी कसैको कामको आलोचना गरि नहाल, जब तिमी उ भन्दा अब्बल सँग काम गर्न सक्छौ । आलोचनाले उल्टो आलोचितनहौं ।
(१७) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । जुन तिमीबाट खोस्न सक्दैन र पराजय बनाउन सक्दैन ।
(१८) देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्। असल गुणको विज्ञापनको आवश्यक नै पर्दैन , सत्य एक्लो हुन्छ तर सत्यको विजय निश्चित छ ।
(१८ )जो भुइमा सुत्दछ ऊ खाटबाट खस्ने सपना देख्दैन , जो भित्र गुणकारी छ शत्रु लाई पनि अमृत नै दिन्छ । विषपान गराउने सोच राख्दैन ।
(१९ ) जसको हृदयलाइ मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् उसको हृदय ढुङ्गा भइसकेको छैन ।
(२०)कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।
(२१) आफू मुस्कुराई रहनु नै सत्रुलाई सबै भन्दा ठूलो सजाय हो।
(२२) यदि असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार कदापी हुन सक्दैनन् ।
(२३) बहादुर त्यो होइन जो खुडा, तरवार, बन्दुक लिएर निस्कछ , बहादुर त त्यो हो जसले त्यस्ता खुडा ,तरवार , बन्दुक बोक्ने को मन परिवर्तन गरि सज्जन बनाउन सक्छ ।
(२४) सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी र महान् हुनु राम्रो कुरा हो ।
(२५) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
(२७) खान नपाएर रोग लाग्दैन, तर के खाने के नखाने भनी चिन्न नसकेर रोग लाग्छ ।
(२८) निरोगी हुन सबैभन्दा सस्तो औषधि हासो हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
(२९) सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे, कर्तव्य पूरा गरे, अरुको डाहा नगरे पुग्छ ।
(३०) कतिपय अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् दुबै कुरा बुझ्ने सके पछुताउनु पर्दैन ।
(३१) एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ किन कि उ सफल योजना बुनि रहेको हुन्छ ।
(३२) जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको
समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन् जुन कुराको तुक नै हुदैँन ।
(३३) मानिस आलु जस्तै हुनु पर्छ , अरु सब्जीमा मिसाए पनि ठिकै अरु नभए पनि आफै सब्जी बन्न तयार ।
(३४) कफि गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि कफिजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा !
(३५) हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
(३६) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन निकाल्ने चकु भन्दा कडा तर खुन ननिकाली काट्न सक्छ ।
(३७) हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
(३८) हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
(३९) हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
(४०) हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार ( दागवत्ती) दिने दिनमा मात्र पूरा हुन्छ
(४०)” खिचडी ” एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!
(४१) केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा जस्तै सुन्दर देखिन्छ।
(४२)सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । सपना देखेर पुग्दैन गन्तव्यको पहिलो कदम चाली हाल्नु पर्छ ।
(४३)तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
(४४) जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
(४५)हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
(४६) साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराकोलागि जिन्दगी दिन्छन् यो सत्य हो।
(४७) असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु , आफ्नो निर्णय लिन नसक्नु ।
(४८) कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो । त्यो भोलि कहिल्यै आज हुन सक्दैन।
(४९)सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।
(५०) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।
(५१)तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।
(५२) जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् । सधैव
(५३) प्रायः मानिसहरू यो भ्रममा बाँचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ ।
(५४)उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।
(५५) प्रेम यस्तो हो जसले विगत र बर्तमानका गल्ती कमजोरी लाई स्विकार गर्न सक्छ ।
(५७ )प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर; अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।
(५८)आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’बाहिरी संसार फिक्का लाग्नेछ ।
(५९)असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो । निरन्तर्ता नै सफल हो भन्ने बुझ्न सकिरहेका हुदैनन।
(६०) धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, गाढी घोडा महल होइन ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल बन्न पुग्छ ।
(६१) गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो र मानिस को अवगुण लाई लिने होइन , असल गुण लिने हो चर्चा गर्ने हो ।
(६२) हामीले मन्दिरमा पैसा चढाउँदैमा कहिल्यै;धर्म हुदैन,त्यो मन्दिर सञ्चालनको सहयोग मात्र हो । धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना
गरिरहेका भोका पेटहरूलाई खान दिनु , बाटो विराएका लाई सहि बाटोमा ल्याउनु नै धर्म हो र आशीर्वाद मिल्छ ।
(६३) विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल
परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात
आफैबाट गर ।
(६४) जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन । जसले आफू ले आफै लाई ढाँट छ जीवन मा उसको लागि सुख छैन ।
(६५) निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
(६६) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै
असफलतापछि सफलता मिल्छ।
(६६) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
(६७) सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी वा क्षेती नपुर्‍याउँ ।
(६८) यहाँ न असल छन नत खराब नै, असल-खराब त हाम्रो सोचाइको उपज मात्र हो ।
(६९) एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ । भरिएको भाडो ले दिदैन । मूर्ख धेरै बोल्छन तर विद्ववान कमै बोले पनि विद्ववानको बोलीमा शक्ति हुन्छ ।
(७०) हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
(७१) हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ । हावाको वेगमा चङ्गाको उचाइ निर्धारण भए जस्तै तिम्रो उचाइ तिमी भित्रको दक्षताले निर्धारणा गर्द्छ ।
(७२) हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
(७३) राजनीति कुनै खेल र सेवा होइन, यो त कमाइ हुने व्यापार हो जुन वर्तामानले सिद्ध गरेको छ।
(७४) इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ । हार्नेको ईतिहास लेखिदैन तर स्वयम् सँगै थियो।
(७५) एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ।
(७६) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
(७७) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।
(७८) शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ तर आफू लाई बदल्न सक्दैन ।
(७९) मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
(८०) हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
(८१) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ , दुर्जनले खुट्टा तानी रहन्छ।

(८२) अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
(८३) हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
(८४) आशा जागा अवस्थाको सपना हो ।
(८५) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
(८६) हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् अरु ले दिएको खुशी त पानी को फोका जस्तै हुन ।
(८७) म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले ज्ञानेइ न्द्र लाई वहसमा राख्न सक्छ ।
(८८) जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो।
(८९) हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।
(९०)कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र
जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।
(९१) मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।
(९२) यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबै भन्दा धनी व्यक्ति हो ।
(९३) तिम्रो सफलताको बाधक* धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।* तिम्रो सफलताको बाधक विद्यालयको औपचारिक शिक्षा पनि होइन,किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो।
* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांगता थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउँनु
होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफलभएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….। तिमी सिवाय
यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत अरुको हुदैन छैन ।
(९४) म कसो नबनुला ?
– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– सात कक्षा फेल भएका रामकृष्ण ढकाल चर्चीत गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया पसल बाट माथी उठेका मोदी भारतका प्रधानमन्त्री बने ।
– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
– दृष्टि विहिन हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
– अपाङता ( कुँजो) स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
– एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।
– तिन पटक एसएलसी फेल हिरवंश आचार्य नामी कलाकार बने ।
— एसएलसी मात्र पास गरेका के पि शर्मा ओली तीन पटक प्रधानमन्त्री , चर्चित कुटनीज्ञ , राजनितीज्ञ बन्न सफल भए ।
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
– थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने … प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?
(९५) भाग्य छ भनेर हात बाँधेर बस्नु हुदैन ।
(९६) कर्म ले भाग्य बनाउछ भन्ने ख्याल गर्न भुल्नु हुँदैन
(९७) अरुले के भन्छन होइन म के गर्ने भन्ने सोच्नु होस।
(९८) कुरा काट्ने सँग होइन , कुरा चोर्ने सग सत्रक हुनुहोस।
(९९) विद्ववान सग नडराउनु मुर्खको छेउ नपर्नु होस ।
(१००) सफलताका दश सुत्रहरु
– आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।
– डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने
भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।
* धैर्ययशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
* धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
* सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
* सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा
गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
* आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
* लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाँकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैँभरी ख्याल राख्नहोस् ।
यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
* मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता
पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस्।
* सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।
…. सफलता तपाईको मुठ्ठीमा छ ।

इन्द्र प्रसाद ओली
अध्यक्ष/ प्रमुख प्रशिक्षक
चेतना नेपाल

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर