

काठमाडौं – एसीसी अन्डर नाइन्टीन एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान तथा यूएई र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।

यूएईमा जारी प्रतियोगितामा यी चार टोलीबीचको खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ। समूह ए का यसअघिको खेलमा भारतले यूएई र पाकिस्तानले मलेसियालाई पराजित गरेका छन्।

समूह बी मा रहेको नेपाल हिजो श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। समूह चरणमा अब नेपालले भोलि बंगलादेशको सामन गर्ने छ।

बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ३ विकेटले हराएको थियो। नेपालले बुधबार अफगानिस्तानसँग खेल्ने छ। नेपाल एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै एसिया कपका लागि छनोट भएको थियो।
Views: 33

