Aamsanchar

थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

Author Image
बुधवार, पौष २, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ ।

ती पाँच वटा देशहरुमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन् । अमेरिका प्रवेशमा थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो पछिल्लो कदम थ्यांक्स गिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि आएको हो ।

प्रशासनले सुरक्षा जोखिमको कारण देखाउँदै आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरेको जनाएको छ । साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ ।

यसअघि जुन महिनामा ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गर्नुभएको थियो ।

Views: 134

प्रतिक्रिया (०)