

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका-५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाख्रीबास-५, गैरीगाँउ बस्ने बस्ने १४ वर्षीय बादल तामाङ छन् । बिहान दाउरा काट्न जङ्गलमा गएका थिए । दाउरा काट्ने क्रममा उनको विद्युतको पोललाई सपोटको लागि भुइँमा गाडिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार करेन्ट लागेका तामाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 111

