Aamsanchar

बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना

Author Image
शुक्रवार, पौष ४, २०८२

काठमाडौं –  बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्।

बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।

यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले बिहीबार राति ११स्२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई धैर्य र संयम अपनाउन आग्रह गरेका छन्।

 

हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट बाहिर निस्कने क्रममा गोली प्रहार गरिएको थियो। टाउकोमा गोली लागेपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रदर्शनकारीहरूले बिहीबार रातिभरि ढाकाका विभिन्न स्थानमा आगजनी र तोडफोड जारी राखेका थिए। बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार दुई वटा पत्रिका कार्यालयमा समेत आगजनी गरिएको छ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर