Aamsanchar

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Author Image
सोमवार, पौष ७, २०८२

काठमाडौं – अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुरको ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगर पक्राउ परेका हुन्।

सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

 

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर