

मोरङ- मोरङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११, जनपथ टोलस्थित सडकमा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल मंगलबार बिहान एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका औराबनी बस्ने २२ वर्षीय शेखर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल चालकको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Views: 306

