Aamsanchar

गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना

Author Image
बिहिवार, पौष १०, २०८२

काभ्रेपलाञ्चोक –  सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सिन्धुली तिनपाटन-५ बस्ने २७ वर्षीय पुष्प तामाङ, सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए । घाइतेमध्ये चलकको हात-खुट्टामा चोट लागेको छ । साबित्राको ढाड र दुवै खुट्टामा, सविताको बाँया खुट्टा नचलेको, पुनमको निधार र बायाँ पाखुरामा, अर्जुनको निधारमा चोट लागेको छ । निरजको भने बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ । घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर