

काठमाडौं – लाओसदेखि काठमाडौं आएकी एक महिलाको पेटभित्रबाट प्रहरीले आधा किलो कोकिन निकालेको छ । लाओसबाट थाइल्यान्ड हुँदै काठमाडौं आएकी मिस रुसनी कामाको पेछटभित्रबाट ५५० ग्राम कोकिन निकालिएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसएसपी कृष्ण पंगेनीले बताए ।

८ पुसमा आएकी ति महिला सिनामंगलको एक होटलमा बसेकी थिइन् । उनको साथबाट प्रहरीले १२ वटा प्लाष्टिकका कोटेट क्याप्सुलभित्र लुकाएको अवस्थामा कोकिन बरामद गरेको थियो ।
त्यसपछि संका लागेर थप जाँच गर्न प्रहरी अस्पताल महाराजगन्ज लगिएको थियो । सो क्रममा उनले निलेका २९ वटा कोकिनका क्याप्सुल पेटभित्रबाट डाक्टरको सहयोगमा निकालिएको हो ।

Views: 66

