Aamsanchar

बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

Author Image
बिहिवार, पौष १०, २०८२

काठमाडौं – बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियार भन्ने राजेन्द्र दर्जी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले काठमाडौंबाट पक्राउ गरेको हो ।

 

बलात्कार कसुरमा १३ वर्ष कैद तोकिएकाले उनी १ असोज २०७४ देखि सुन्धारा कारागारमा थिए ।

जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको सीआईबीका सहप्रवक्ता नीरन्जनदत्त भट्टले बताए ।

Views: 111

प्रतिक्रिया (०)