Aamsanchar

देउवा , ओली र दाहालसँग सञ्चारमन्त्री खरेलले आज उनीहरूकै निवासमा भेट्ने

Author Image
शुक्रवार, पौष ११, २०८२

काठमाडौँ –  सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतासँग भेट गर्दैछन्।

सरकारका प्रवक्तासमेत रहेका खरेलले नेपाली काग्रेस पार्टी सभापति शेरबहादुर देउवा , नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालसँग भेट गर्न लागेका हुन्। खरेलका प्रेस स‌योजक सीबी अधिकारीका अनुसार उनी शीर्ष नेताहरूलाई भेट्न उननीहरूको निजी निवास नै पुग्नेछन्।

त्यसका लागि बिहान ९: ३० देउवाको निजीनिवास बूढानीलकण्ठ, बिहान ११ बजे गुण्डुस्थित ओलीको निवास र मध्याह्न १२ बजे प्रचण्डको निवास खुमलटार पुग्ने कार्यतालिका तय भएको छ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सरकारले दलका नेताहरूसँगको छलफल तीव्र पारेको छ। यसै सन्दर्भमा मन्त्री खरेल नेताहरूलाई भेट्न जान लागेको अधिकारीले जानकारी दिए।

Views: 62

प्रतिक्रिया (०)